Logo
Logo

पञ्चर्यालीको अनुकरणमा एमाले


693
Shares

काठमाडौं । ‘अवस्था बदल्न व्यवस्था बदलौ’ भन्दै नाराबाजी गरिरहेका पूर्वपञ्चहरूलाई एमालेले काउण्टर दिन विगतको पञ्च¥यालीलाई बिर्साउने भएको छ । झापा, बुटवल लगायतका स्थानमा सभा गरिसकेको एमालेले वैशाख ११ मा काठमाडौँमा अर्को सभा गरेर पञ्च¥यालीको झल्को दिन लागेको हो । व्यवस्था होइन अवस्था बदल्नुपर्छ भन्ने मान्यतालाई अघि सार्नुपर्ने र सुशासनामा जोड दिनुपर्नेमा एमाले आफै सडकमा उत्रेपछि सरकारमा किन बसिररहेको भन्ने प्रश्न उठेको छ ।

पञ्चायतको आखिरी दिनमा पञ्चहरूले यसैगरी ¥याली र आमसभा गर्ने गरेका थिए । उनीहरूले शासन सुधारको बाटो नअपनाई ¥यालीमा केन्द्रित भएका थिए । यता एमाले पनि सरकारमा रहेको बेला जनताका कामलाई प्राथमिकता दिनुपर्नेमा सडक प्रदर्शन र शक्ति प्रदर्शनमा लागेको छ ।

सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले लोकतन्त्र दिवसका दिन वैशाख ११ गते एक लाख युवालाई काठमाडौँमा उतारेर शक्ति प्रदर्शन गर्ने दाबी गरेको छ । नेकपा एमालेको युवा संगठन युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेका अनुसार देशभरका कम्तीमा एक लाख युवाहरू वैशाख ११ गते काठमाडौँमा उतारेर शक्ति प्रदर्शन हुनेछ ।

काठमाडौँको भृकुटीमण्डप वा टुँडिखेलमध्ये कुनै एक ठाउँमा कार्यक्रम गर्ने तयारी भैरहेको छ । ‘म देशभरबाट युवाहरूलाई वैशाख ११ गते काठमाडौँमा हुने युवा महोत्सवमा सरिक हुन आह्वान गर्दछु,’, एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री आलीले शुक्रबार बुटवलमा भनेका थिए, ‘त्यस युवा सम्मेलनबाट प्रतिक्रियावादी र अराजकतावादीले आफ्नै आँखाले देखुन्, आफ्नै कानले सुनुन्, युवा शक्ति के हो र एमाले शक्ति कस्तो हो भन्ने ।’

२०६२÷०६३ को जनआन्दोलनपछि वैशाख ११ गतेका दिन तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन अन्त्य भएकाले लोकतन्त्र दिवसका रूपमा मनाउने गरिँदै आएको छ । सात राजनीतिक दल र तत्कालीन विद्रोही नेकपा माओवादीसमेतको सहभागितामा २०६२–६३ को ऐतिहासिक जनआन्दोलन उत्कर्षमा पुगेपछि जनताको शक्तिका सामु वैशाख ११ गतेका दिन निरंकुश राजतन्त्रले घुँडा टेकेको थियो ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित प्रतिनिधिसभाको पुनः स्थापना गर्दै राजनीतिक दलले कोरेको मार्ग चित्रअनुसार अगाडि बढ्ने घोषणा गरेका थिए । एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकले आगामी वैशाख ९ गतेको पार्टी स्थापना दिवस र ११ गतेको युवा उत्सवलाई शक्ति प्रदर्शनको रूपमा ऐतिहासिक बनाउने निर्णय गरेको थियो ।

बैठकले उक्त शक्ति प्रदर्शनमा ४० वर्ष नकटेका १ लाख युवाहरूलाई सहभागी गराइने निर्णय गरेपछि युवा संघ देशभरका युवाहरूलाई काठमाडौँमा उतार्ने गरी अघि बढेको छ । एमालेले जिल्ला तहमा पनि विभिन्न कार्यक्रम गर्ने र राजवादीहरूलाई थ्रेट गर्ने भएको छ । तर कांग्रेस यो विषय आवश्यक नभएको भन्दै मौन बसेको छ ।

प्रतिक्रिया दिनुहोस्