Logo
Logo

वीरगञ्ज भन्सारले नौ महिनामा उठायो एक खर्ब २४ अर्ब राजस्व


315
Shares

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा एक खर्ब २४ अर्ब ७० करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

कार्यालयका अनुसार साउनमा १२ अर्ब १५ करोड, भदौमा १३ अर्ब ४२ करोड, असोजमा १३ अर्ब ४७ करोड, कात्तिक ११ अर्ब १० करोड, मङ्सिरमा १४ अर्ब ४० करोड, पुसमा १५ अर्ब ४७ करोड र माघमा १४ अर्ब ४४ करोड रुपैयाँ संकलन भएको हो ।

यसैगरी, फागुनमा १४ अर्ब ६३ करोड र चैतमा १५ अर्ब ४७ करोड राजस्व संकलन भएको छ ।

प्रतिक्रिया दिनुहोस्