
काठमाडौं । लुक्लाबाट रामेछाप जाँदै गरेको सीता एयरको जहाज काठमाडौंमा आकस्मिक अवतरण गरेको छ । सीताको ९१६१ कलसाइनको जहाजमा प्राविधिक समस्या देखिएपछि बुधबार बिहान करिब १० बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरेको हो ।
विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाले १४ जना यात्रु सवार जहाजको हाइड्रोलिकमा समस्या देखिएपछि आकिस्मक अवतरण गरिएको जानकारी दिए । उनका अनुसार सबै यात्रु सकुशल छन् ।














