Logo
Logo

बलात्कार प्रयासपछि युवतीको मृत्यु घटनाबारे छानबिन गर्न आईजीपीलाई निर्देशन


2.6k
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सिराहामा यौन दुव्र्यवहारपछि युवतीको मृत्यु भएको घटना छानबिन गर्न निर्देशन दिएका छन् ।

चार महिनाअघि बलात्कार प्रयासबाट उम्किएकी नरहा गाउँपालिका, बर्छवाकी २५ वर्षीया आनन्दीदेवी सदाय मंगलबार नवराजपुर गाउँपालिका–३ दोनबारी टोलस्थित माइतिघरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

सो घटनाबारे चासो राख्दै गृहमन्त्री लेखकले आईजीपी दीपक थापालाई फोन गरी घटनाका सम्बन्धमा सत्यतथ्य छानबिन गर्न निर्देशन दिएका हुन् । पुस ९ मा बरियारपट्टि गाउँपालिका–१ कचनारीको नरगीस्थित दिदीको घरमा गइरहेको बेला आनन्दीदेवीलाई दुई युवाले बगैँचामा लगेर बलात्कार प्रयास गरेका थिए ।

उनले सोही दिन प्रहरीमा किटानी जाहेरी दिन गएकी थिइन् । तर, इलाका प्रहरी कार्यालय महेशपुर पतारले त्यसबेला नभई घटना भएको ६५ दिनपछि (फागुन २५ गते) मात्रै जाहेरी दर्ता गरेको थियाे । अहिलेसम्म आरोपी पक्राउ परेका छैनन् ।

जबर्जस्ती करणी उद्योग मुद्दामा जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको सिरहाका एसपी अनन्तराम शर्माले बताए । बलाात्कार प्रयासमा संलग्न दुई जना स्थानीय २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादव फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्