काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको कार्यशैलीको आलोचना गरेका छन् ।
उनले सरकारको गतिमा असन्तोष जनाउँदै सामाजिक सञ्जाल फेसबुक तथा एक्समा लेखेका छन्, ‘नगर्नुपर्ने निर्णयमा हतारो÷गर्नुपर्ने निर्णयमा बिलम्ब, सरकारको यो प्रवृत्ति समर्थन योग्य छैन ।’

सरकारको नेतृत्वकर्ता दल नेकपा एमाले र उसको साझेदार दल नेपाली कांग्रेसबीच खटपटको चर्चा भइरहेका बेला कांग्रे महामन्त्री शर्माले बुँदागत रुपमा सरकारको आलोचना गरेका हुन् ।
सामाजिक सन्जाल विधेयक, कुलमान प्रकरण, शिक्षक आन्दोलन, अख्तियार सम्बन्धी विधेयक, त्रिविको उपकुलपतिको राजीनामा, गभर्नर नियुक्ति र नेपाल प्रहरीको एआईजी पद रिक्त भएका विषयमा सरकारको कामबारे उनले आलोचना गरेका छन् ।
सरकार अनुभूतिमा भेटिनुपर्ने बताउँदै उनले सरकार चल्नुपर्ने तर कार्यशैली बदल्नुपर्नेमा जोड दिएका छन् । सरकारलाई सुझावसमेत दिँदै उनले भनेका छन्, ‘कमजोरी केलाउँ, लय मिलाउँ, गति बढाउँ ।’















