Logo
Logo

मेलम्चीमा सचिव नै दोषी, होला त उच्चस्तरीय छानबिन ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ साउन । मेलम्ची खानेपानी आयोजनाको सुरुङको ढोका (गेट) फुटेर गत साता एक इन्जिनियरले सहादत प्राप्त गरे । सुरुङभरि पानी थिएन, अझ साढे २६ किलोमिटर लामो सुरुङमा करिब चार किलोमिटरमा मात्र आधा पानी थियो । त्यति पानीको चाप (प्रेसर) पनि थेग्न नसकेर ढोकामा रहेको नटबोल्ट खुस्क्यो । पानीको तीव्र बेगले इन्जिनियर सतिश गोइतलाई बगायो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आँखामा छारो हाल्न खानेपानी मन्त्री बिना मगर र सचिव बेलबासेले बेला न कुबेला मेलम्चीको सुरुङ भर्ने योजना बुने । यसो गर्नुको मुख्य कारण थियो, मन्त्री मगरकै कारण मेलम्ची दुई वर्ष ढिला भएको थियो र आप्mनै कार्यकालमा मेलम्चीको पानी काठमाडौं ल्याएँ भन्ने देखाउनु थियो । यसबाहेक, मन्त्री मगरकै मिलेमतोमा ठेकेदार सिनो हाइड्रोलाई साविकको सीएमसीले छाडेको बाँकी कामका लागि ठेक्का दिइएको थियो र उक्त ठेक्काको पनि पुष्टि गर्नु थियो ।

अम्बाथानस्थित जुन गेट पानीको चाप थाम्न नसकेर फुट्यो, त्यो गेटको डिजाइन यिनै खानेपानी मन्त्रालयका सचिव माधव बेलबासेले परिवर्तन गर्न लगाएको रहस्य खुलेको छ । गेटको डिजाइन परिवर्तन गर्नुको पछाडि पैसाको ठूलो चलखेल मुख्य कारण रहेको छ । मेलम्चीमा डिजाइन किन परिवर्तन गरियो ? पहिलाको डिजाइन र परिवर्तित डिजाइनको मूल्य भेरियसन कति रह्यो ? कुन डिजाइन भरपर्दाे, बलियो र टिकाउ थियो ? नट बोल्ट कस्तो गुणस्तरको प्रयोग भएको थियो ? यी र यस्ता विषयहरुमा मन्त्रालयको उनै बेलबासे अन्तर्गतका सहसचिवले कत्तिको स्वतन्त्र छानबिन गर्छन् ? सचिव बेलबासेले आप्mनो कर्तुत लुकाउन हतारहतार आप्mनो मातहतका सहसचिव रमाकान्त दवाडीको संयोजकत्वमा छानबिन समिति गठन गरेका छन् । त्यसैले मन्त्रिपरिषद्बाटै विदेशी विज्ञसहितको स्वतन्त्र छानबिन समिति गठन गरिनुपर्छ र घटनाको यथार्थ कारण सर्वसाधारणबीच उजागर गर्नुपर्छ । त्यति मात्र होइन, अब मेलम्चीको कामको गुणस्तरबारे ठूलो प्रश्नचिन्ह खडा भइसकेको सन्दर्भमा उनी दोषी देखिए कडा कारबाही गर्नुपर्छ ।

बेलबासे उनै हुन् जहाँ गयो त्यहीं भ्रष्टाचारका कारण गौरवका आयोजनाले ठूलो क्षति बेहोर्नुपर्ने हुँदै आएको छ । उदाहरणका लागि सिक्टा सिचाई । सिक्टाको अहिलेसम्मको यो दुर्गति छ । प्रधानमन्त्रीलाई पानी जहाज ल्याउन प्राविधिक सल्लाह दिएर यिनै बेलबासेले उकासे । पानी जहाजको अवस्था सर्वसाधारणले देखिसके । अहिले अनेक तिकडम गरेर सर्वशक्तिशाली मेलम्ची विकास समितिको अध्यक्ष भएपछि आज मेलम्चीको यो दुर्गति भयो ।

यति मात्र होइन, सिंचाइ मन्त्रालय, जलशक्ति आयोगमा समेत यिनै बेलबासेको संलग्नतामा पैसाको चलखेल भएका थुप्रै प्रमाणहरु फेला परेका छन् । जलशक्ति आयोगमा सहसचिव रहँदा ५० करोडको रिभर बेसिनको कन्सलट्यान्सी ठेक्का सदर गर्ने यिनै बेलबासे हुन् । जबकी नेपालको प्रचलित कानुन बमोजिम सहसचिवलाई ५० करोडको ठेक्का सदर गर्ने अधिकार नै छैन । उक्त ठेक्का सदर गर्न आपैmले निमित्त सचिव भनी आप्mनो ओहोदा आपैmले तोकेको पाइएको छ । जबकी मन्त्रिपरिषद्ले निमित्त सचिवको निर्णय गरेकै थिएन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आँखामा छारो हाल्न खानेपानी मन्त्री बिना मगर र सचिव बेलबासेले बेला न कुबेला मेलम्चीको सुरुङ भर्ने योजना बुने । यसो गर्नुको मुख्य कारण थियो, मन्त्री मगरकै कारण मेलम्ची दुई वर्ष ढिला भएको थियो र आप्mनै कार्यकालमा मेलम्चीको पानी काठमाडौं ल्याएँ भन्ने देखाउनु थियो । यसबाहेक, मन्त्री मगरकै मिलेमतोमा ठेकेदार सिनो हाइड्रोलाई साविकको सीएमसीले छाडेको बाँकी कामका लागि ठेक्का दिइएको थियो र उक्त ठेक्काको पनि पुष्टि गर्नु थियो । मन्त्री मगर र सचिव बेलबासेले अस्थायी बाँध हालेर भए पनि मेलम्चीको पानी ल्याउने योजनामा त पहिले नै थिए । काठमाडौंमा मेलम्ची आए भयो, चाहे त्यो अस्थायी बाँध होस् वा स्थायी, त्यसलाई जनतासँग सरोकार थिएन । तर अस्थायी बाँध हालेर पानी भर्नु आपैmमा एउटा नाटक मात्र थियो । किनकि मुहान (हेडवक्र्स) को स्थायी काम सम्पन्न नगरी मेलम्ची पूर्ण हुँदैन ।

राजनीतिक जस लिन मन्त्री मगरले गरेको हर्कतको मूल्य भने ठूलै स्तरमा चुकाउनुप¥यो— सुरुङ प्रवेश (अडिट) को ढोका फुटेर एकजना इन्जिनियरले अनाहकमा ज्यान गुमाउनुप¥यो ।

खानेपानी मन्त्रालय स्रोतका अनुसार मन्त्री मगरले सचिव बेलाबासे र मेलम्चीका कार्यकारी निर्देशक तिरेशकुमार खत्रीलाई जसरी पनि गत असार मसान्तसम्म मेलम्चीको पानी ल्याउन निर्देशन दिएकी थिइन् । मन्त्रीको फरमान पूरा गर्न सचिव बेलाबासे र खत्री लागिपरेका थिए । तर सिनो हाइड्रोले पूर्ण तयारी नै नगरीकन पानी हुल्न ठीक छ भनिदियो । उसले यसो भन्नुको पछाडि एउटा प्रमुख कारण थियो— आयोजनाको ठेक्कामा भएका गोलमालहरु ढाकछोप गर्न । किनभने सामान्यतया यस्ताखाले सुरुङमा पानी छिराउने परीक्षण हिउँदयाममा गर्ने गरिन्छ ।

उता मेलम्चीको सुरुङमा अस्थायी बाँधले छेकेको पानी फर्काउन थालियो, यता मन्त्रालयमा मन्त्री र सचिवले गौरवका साथ पत्रकार सम्मेलन गरेर निकै ठूलो उपलब्धि नै हासिल गरेको प्रदर्शन गरे ।

प्रतिक्रिया दिनुहोस्