Logo
Logo

ललितपुरमा बिजुलीको पोलमा ठोक्किएर कार दुर्घटना, तीनजना घाइते


1.7k
Shares

काठमाडौं । ललितपुरको सातदोबाटो–हात्तीवन ओरालोमा कारको ठक्करबाट बिजुलीको पोल भाँचिएर बीच सडकमा पुगेपछि यातायात आवागमन बन्द गरिएको छ । पोलमा ठोक्किएको कारमा सवार तीनजना घाइते भएका छन् ।

उनीहरुको बीएण्डबी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । ललितपुर महानगरपालिकाका नगर प्रहरी, नेपाल विद्युत् प्राधिकरणका प्राविधिकको सहयोगमा पोल हटाउने प्रयास जारी रहेको छ ।

प्रहरीका अनुसार गएराति बा१५च ७६५२ नम्बरको कार बिजुलीको पोलमा ठोक्किएको थियो । मापसे गरी सवारी चलाउँदा कार दुर्घटना भएको प्रहरी स्रोतले बताएको छ । कारको अगाडिको भाग क्षतिग्रस्त भएको छ । दुर्घटनाको प्रकृति हेर्दा कार तीव्र गतिमा भएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्