Logo
Logo

रेशम चौधरी पक्राउ घटना छानिबन गर्न रास्वपाको माग


378
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रेशम चौधरी पक्राउप्रति न्यायिक छानिबन गर्न माग गरेको छ ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपाका सांसद शिव नेपालीले रेशम चौधरी पक्राउप्रति चासो राख्दै न्यायिक छानबिनको माग गरेका हुन् । उनले भने, ‘नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीको पक्राउप्रति सरोकार राख्दै न्यायिक छानबिनको माग गर्दछु ।’

यही वैशाख १७ गते नाउपा र जनमत पार्टीबीच एकीकरण गर्ने तय भएको थियो । तर, एकीकरण घोषणाका लागि प्रज्ञा भवनमा पुगेका बेला चौधरी पक्राउ परेका थिए । पछि उनको पक्राउ पुर्जी फर्जी भएको भन्दै सर्वोच्च अदालतले पत्र काटेपछि रेशम पाँच घण्टा डिल्लीबजार कारागार बसेर रिहा भएका थिए । उक्त घटना सम्बन्धमा चासो राख्दै रास्वपाले न्यायीक छानबिन हुनुपर्ने माग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्