Logo
Logo

अन्जलासहित ६ जनालाई थुनामै राख्न माग


1.4k
Shares

काठमाडौं । सहकारी संस्थाको रकम अपचलन अभियोगमा जिल्ला अदालत मोरङबाट धरौटीमा रिहा भएका अन्जला कोइरालासहित ६ जनालाई थुनामै राख्न माग गर्दै सरकारी वकिल कार्यालयले उच्च अदालतमा निवेदन दिएको छ ।

प्रतिनिधिसभा सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अन्जला मोरङ धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएकी थिइन् । उनीसहित ६ जनालाई जिल्ला अदालतले धरौटीमा छाडेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको थियो ।

जिल्ला अदालतको सो आदेश बदर गर्दै उनीहरुलाई थुनामै राख्न सरकारी वकिल कार्यालयले मोरङ अदालत आएको उच्च अदालत विराटनगरका रजिस्ट्रार जगदीशप्रसाद भट्टले जानकारी दिए ।

उमागौरी सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रूपैयाँ हिनामिना भएको अभियोगमा २६ जनाविरुद्द मुद्दा दायर भएको थियो । सभापति ऋषिकेश पत्नी अन्जला लामो समय फरर भएर पुस २४ मा जिल्ला अदालतमा आफै हाजिर भएकी थिइन् । उनी सोही दिन १० लाख धरौटीमा छुटेकी थिइन् ।

कोइरालासहित रंगेली–२ का वडाध्य्क्ष सन्तलाल खवास, ज्योती बास्कोटा, लक्ष्मीदेवी कार्की राजवंशी सुमन लोहनी र सहकारीका पूर्वसञ्चालक मनोजकुमार सोनीको हकमा पनि जिल्लाको आदेश बदर गर्न उच्च अदालतमा निवेदन परेको छ ।
सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार र धनपालथान ४ का पूर्ववडाअध्यक्ष रोशन राजवंशी भने पुर्पक्षको लागि कारागार चलान भैसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्