Logo
Logo

अर्जुनको ‘आँखामा बसाऊ’ (भिडियो)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १० साउन । संगीतकार अर्जुन पोखरेल र निर्देशक विधान कार्कीको लकडाउन अवधिमा सामाजिक दुरी कायम गरेर करिब चार वटा म्यूजिक भिडियो सार्बजनिक गरिसकेका छन् । कार्की र पोखरेलको टिमले युवापुस्ताका गायक/गायिकालाई गीतसँगै अभिनय पनि गराइरहेका छन् ।
युवा पुस्ताको रोजाइका गीतसंगीत सिर्जना गर्न माहिर मानिने संगीतकार पोखरेल र माया प्रेमको भावमा भिडियो बनाउन सिपालु रहेका निर्देशक कार्कीले निर्देशन गरेको ‘आँखामा बसाउ मलाई’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
द डिभाइन म्यूजिकको प्रस्तुति र नेप्सीने कम्पनीकोे निर्माणमा तयार भएको भिडियोमा अहिले चलेका युवा गायक–गायिका किरण भुजेल र अस्मिता अधिकारीले गायनसँगै अभिनयसमेत गरेका छन् । मायाप्रेमको भाव प्रस्तुत भएको भिडियो फिल्मीशैलीमा बनेको छ ।
नेपाल आइडलमा टप फाइभ प्रतिस्पर्धी भुजेल र पछिल्लो समय पाश्र्व गायनमा अब्वल हुँँदै आएकी गायिका अधिकारीको जोडी यो भिडियोमा जमेको छ । यिनै गायक/गायिकाको अभिनयलाई निर्देशक कार्कीले निखरता ल्याएका छन् । यो भिडियोसम्म आइपुग्दा संगीतकार पोखरेल र निर्देशक कार्कीको टिमअप सफल देखिन्छ ।
निर्देशक कार्की भन्छन्, ‘गायक/गायिकालाई उनीहरुकै भावमा सहजरुपमा प्ले गर्न सफल भएको छु ।’ द डिभाइन म्यूजिकको युट्युव च्यानलमार्फत सार्बजनिक गरिएको यस गीतलाई शब्द संगीत र संगीत संयोजन अर्जुन पोखरेलले गरेका छन् । उत्सव दाहालले छायाँकन गरेको भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् । यसअघि यही टिमले बनाएको ‘मैले बोलेको छैन’ गीतको भिडियोले दर्शक/श्रोताको मन जित्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्