Logo
Logo

‘चुलबुले वैँश’मा अनिता बस्नेत र रविनाको ठुम्का (भिडियो)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ११ साउन । परदेशमा रहेर पनि नेपाली मौलिक लोक गीतसंगीत क्षेत्रमा अनवरत रुपमा खट्दै आएकी गायिका शिवा केसी र गायक प्रकाश कडेँलले यसपालीको तिजका लागि ‘चुलबुले बैँश’ बोलको गीत बजारमा ल्याएका छन् । गीतमा मायालु जोडीको प्रेम प्रसंगलाई समेटिएको छ ।
एक युवा आफ्नी प्रेमिकाको मायामा आकर्षित भएको प्रशंगलाई गीतमा उतारिएको छ । मौलिक बाजागाजा साथमा निर्माण गरिएको गीतको भिडियोमा महेन्द्र गौतम, अनिता बस्नेत र रविना भण्डारीको नृत्य रहेको छ ।
अर्जुन सुवेदीको शब्द सिर्जना तथा सुरज पुनको लय सिर्जना रहेको गीतको भिडियोमा दुर्गा पौडेलको छायाँकन, नविन घर्ती मगरको सम्पादन तथा शंकर विसीको निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्