Logo
Logo

प्रीतिको ‘नाच्ने हो गाउने हो डिस्टर्ब नगर’ (भिडियो)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ साउन । गायिका प्रीति आलेको स्वर रहेको गीत ‘हामी नाच्ने हो गाउने हो डिस्टर्ब नगर’ को भिडियो सार्वजनिक भएको छ । राजबहादुर सानेको शब्द र संगीत तथा लय रहेको गीतको भिडियोमा कृष्ण परियारको निर्देशन छ ।
भिडियोमा प्रिती आलेसँगै रिया श्रेष्ठ, कसिस दाहाल, सबिता आले, विमला गुरुङ, कमला नेपाली, ज्याक गुरुङ, शिशिर राणा र दीपकजंग शाहीलगायतको अभिनय छ ।
किम्भे प्रोडक्सन युट्युब च्यानलबाट सार्वजनिक गीत भिडियोमा बाबु जिम्बाको कोरियोग्राफी छ । सौर्यल थापा निर्माता तथा प्रकाश हमाल सह–निर्माता रहेको भिडियोमा युयुस ढकालको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन छ ।
भिडियो लिंक

 

प्रतिक्रिया दिनुहोस्