Logo
Logo

ढंगले बनाएको ‘बेरंग यो जीन्दगी’ (भिडियोसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १६ साउन । कोरोना भाइरसको संक्रमणको त्राससँगै सरकारले लकडाउन घोषणा गरेपछि व्यापार व्यवसायी मात्र होइन, मनोरञ्जन क्षेत्रमा पनि ठप्प भयो । झण्डै चार महिना देश लकडाउन भएपछि कोभिड–१९ को संक्रमणको त्रासदीसँगै मानिसमा निराशा छाइरहेका बेला गीतसंगीत क्षेत्रमा भने केही आशा र भरोसाका साथ फाट्ट फुट्ट रेकर्डिङ र भिडियो सुटको काम भइरहेको थियो । यसैक्रममा बनेको भिडियो हो, ‘बेरंगी यो जीन्दगी’ । गीतको बोल बेरंगी भएपनि भिडियो भने ढंग पु¥याएर निर्माण गरिएको छ ।
गायिका बानिका प्रधानले गाएको यो नयाँ गीतको भिडियो हालै युट्युबमार्फत सार्वजनिक भएको छ । यस गीतको भिडियोलाई बरिष्ठ गायक तथा निर्देशक राजन राईले निर्देशन गरेका हुन् । भिडियो निकै कलात्मक बनाउन प्रयास गरिएको छ । त्यसैले पनि यो भिडियोलाई ढंग पु¥याएर निर्माण गरिएको भनिएको हो ।
‘बेरंगी यो जीन्दगी’ बोलको यस गीतमा गायिका बानिकाको स्वर निकै म्याच गरेको छ । सेन्टिमेन्ट जनराको यस गीतमा अनुप सुब्बाको शब्द तथा संगीत रहेको छ भने भिडियोमा रंगकर्मी सन्दिप श्रेष्ठ र रेनु योगील अभिनय गरेका छन् ।
राजन राईकै छायाँकन रहेको यस गीतका लागि सुमित विश्वकर्माले संगीत संयोजन गरेका गरेका छन् । भिडियोमा एउटा प्रेम कथा देखाइएको छ, जसले सच्चा प्रेम गर्नेहरु प्रेमका लागि कतिसम्म त्याग गर्न सक्छन् भन्ने दर्साइएको छ । यो गीतलाइ दर्शक तथा स्रोताले रुचाएको गायिका बानिकाले बताइन् ।

प्रतिक्रिया दिनुहोस्