Logo
Logo

दयाहाङ-निरञ्जली बल्ल बल्ल भेट भएपछि…! (भिडियो)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १८ साउन । अभिनेता दयाहाङ राई मोडल निरञ्जली लामासँग एक भिडियोमा देखिएका छन् । फिल्म क्षेत्रमै व्यस्त दयाहाङ कोरोना संक्रमणका कारण फिल्म छायाँकन ठप्प भएपछि भिडियोमा देखिन थालेका हुन् ।
गायिका दीपा लामा र टेम्बा शेर्पाले गाएको ‘बल्ल बल्ल भेट भो’ बोलको गीतमा दयाहाङ र निरञ्जलीले कम्मर मर्काउँदै रोमान्स गरेको छन् । नृत्य भन्दा अभिनयमा अब्बल दयाहाङले यस गीतको भिडियोमा जबरजस्त डान्स गरेका छन् । उनीहरुलाई नचाउन कोरियोग्राफर कविराज गहतराजले निकै मिहिनेत गरेका छन् ।
हालैमात्र रिलिज भएको यस म्युजिक भिडियोलाई दर्शक तथा श्रोताले रुचाएका छन् । दयाहाङ फिल्ममा समेत रुचाइएका अभिनता हुन् । जसका कारण पनि ‘बल्ल बल्ल भेट भो’ गीतको भिडियोले यु–ट्युबमा दर्शकको राम्रो रेस्पोन्स पाइरहेको छ ।
दयाहाङले अभिनय गरेका अधिकांश भिडियो दर्शक तथा श्रोताले रुचाएका छन् । त्यस्तै, दयाहाङ र निराञ्जलीको यो केमेष्ट्रिलाई पनि दर्शकले रुचाएका छन् । दया र निरञ्जलीको यो पहिलो केमेष्ट्रि पनि हो । पछिल्लो समय म्यजिक भिडियोमा जम्दै गरेकी निरञ्जली र दयाहाङलाई जोडी बाँध्ने काम भने निर्देशक मिलन चाम्सले गरेका हुन् । दयाले मिलनको फिल्ममा काम गरिसकेकाले पनि उनलाई भिडियोमा ल्याउन सफल भएका हुन् । यस गीतमा संगीत दिपक शर्माको शब्द तथा संगीत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्