Logo
Logo

क्लिन चिट


1.2k
Shares

जाँचमा चिट चोरेर पास भएका
या, रेस्टिकेट भएका
उनैले क्लिन चिट दिने व्यवस्थामा
को क्लिन, को डर्टी ?

सिंहिनीले सिकाउँछे डमरुलाई सिकार गर्न
सिकार गर्दा चोट लाग्यो भने शेर पनि आउँछ निको पार्न
चाट्न थाल्छन्
रक्षा गर्ने जिम्मेवारी शेरको हो
शेरले चाटेपछि जो कोही पनि क्लिन हुन्छ
विश्वनाथ पुत्रले तस्करी(जग नदेखेपछि
त्यो बेबुनियाद हुन्छ
जसरी आँखाको लेन्समा दाग लागेको भए पनि
उनले मोतीबिन्दु छैन भनेपछि
छैन, अब हुनै सक्दैन
अप्रेसन गर्ने कुरा कहाँ हुन्छ अब
त्यस्तै विश्वनाथ पुत्र हुनु नै शक्ति स्वरूप हो
उनले बेबुनियाद भने पछि निष्कलङ्क भई हाल्यो
ज्ञान बाँडेर खाने जाँगर हराएपछि
विज्ञान मारेर खाने बानी पर्छ।

अनि त डर्टी क्लिन हुन्छ
हाम्रो शरीरको स्प्लिनले छानेको रगत जस्तो
तर क्यान्सरका सेलहरू बेबुनियादी भनेर टर्दैन
राष्ट्रिय शरीरलाई झन् धुजा धुजा पार्दै जान्छन्
जसरी अहिले पारिरहेका छन्
रोग बढिरहेको बेला यो क्लिन चिटले के गर्ने ?

भोलिको पूजाको लागि तयार पारेको बोकालाई
आजदेखि नै चढाउन थालिसके
सुनको घडी र गाडीहरू
शक्ति स्वरूपको भाग पाएका यी
झिम झिम गर्ने मूर्ति सरहका
आज नै शिला बनेका छन्
रिमझिम ! रिमझिम !

प्रतिक्रिया दिनुहोस्