Logo
Logo

कोपिलाको तीज गीत ‘मेरै घरमा दर खाउँला’ (भिडियो)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ साउन । गायिका कोपिला गौतमले यस वर्षको तीजलाई लक्षित गर्दै ‘मेरै घरमा दर खाउँला’ बोलको गीत ल्याएकी छन् । सञ्चारकर्मी समेत रहेकी कोपिलाले केही वर्षयता तीज गीत गाउँदै आएकी हुन् ।
तीज नजिकिँदै गर्दा सर्माजनिक गरिएको उक्त गीतमा गोविन्द मधुर आचार्यको शव्द तथा संगीत रहेको छ । गायिका कोपिला गौतमले उक्त गीतको म्युजिक भिडियो आफ्नै युटयुब च्यानलबाट सार्वजनिक गरेकी हुन् ।
भिडियोमा पछिल्लो समयकी चर्चित मोडेल करिष्मा ढकालले अभिनय गरेकी छन् । उक्त भिडियोलाई शंकर विसीले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्