Logo
Logo

बालेनका प्रियपात्र परियार भ्रष्टाचारमा चुर्लुम्म, एकपछि अर्को काण्डमा तानिँदै


7.8k
Shares

काठमाडौं । सुशासनका चर्का कुरा गर्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले अति मन पराएका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारका बिरुद्ध अख्तियारले जेठ २८ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । मेयर साहको सल्लाहकार टीमका एकपछि अर्का कानुन र नियमबिपरीतका क्रियाकलापमा साथ दिएकै कारण परियारका बिरुद्ध एउटा काण्डमा मुद्दा दायर भइसकेको छ भने अरु केही भ्रष्टाचार काण्डमा छानबिन भइरहेको छ ।

बालेनको सल्लाहकार टीमका लाभहानीका सबै आदेश शिरोपर नगर्दा उनले २ वटा छानबिन समिति बनाएर पनि अनियमितता फेलापार्न नसकेका वर्तमान प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागार्ईलाई भने उनले भ्रष्टाचारी भन्दै आरोप लगाएर ५ महिनासम्म कार्यपालिका बैठकसमेत नराखी गैरजिम्मेवारीको पराकाष्टा देखाएका छन् । बालेनले मन पराएका परियारका निर्णयबिरुद्ध संवैधानिक निकाय महालेखा परीक्षकले प्रश्न उठाएको छ भने अख्तियारले मुद्दा नै दर्ता गरेको छ ।

सामाखुसीमा साढे ४ करोड भ्रष्टाचार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाखुसी कोरिडोर अन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माणको ठेक्कामा ४ करोड ३१ लाख ७२ हजार २ सय ८७ रुपैयाँ ३२ पैसा भ्रष्टाचार गरेको आरोपमा काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसमेत ७ जनाबिरुद्ध मुद्दा दायर भएसँगै निलम्बन भएका परियार हाल सूचना बिभागको महानिर्देशक थिए । मुद्दा दायर भएसँगै परियार विशेष अदालतका अध्यक्ष टेकनाराण क्ुँवर आफ्नै गृहजिल्ला पर्वतका भएकाले फाष्टट्रयाकमा पेशी राखी मुद्दा जित्ने चलखेलमा लागिसकेका छन् ।

भ्रष्टाचार ठहर भएको म्याक्सलाई डिजिटल बोर्डको ठेक्का

सामाखुसी कोरिडोर अन्तर्गत ढल निर्माणमात्र होइन, परियारका बिरुद्ध अख्तियारले अरु केही काण्डमा समेत छानबिन गरिरहेको छ । महानगरभित्रका करिब १ सय ३६ विद्यालयमा स्मार्ट डिजिटल बोर्ड जडान गर्ने क्रममा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएको अकवर हुुसेनको म्याक्स–मुइन जेभीलाई ठेक्का दिएका थिए ।

गएको बैशाख २१ गते विशेष अदालतले भ्रष्टाचार मुद्दामा म्याक्सका हुसेनलाई १ वर्ष ६ महिना कैद र १३ करोड ५८ लाख ५२ हजार ५८० रूपैयाँ जरिवाना तोकेको छ ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रले खरिद गरेको सर्भरमा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित हुसेनका बिरुद्ध गएको जेठ ५ गते अख्तियारले अर्को मुद्दा दायर गरेको छ । अख्तियारले सुनिल र हुसेनसँग जनही ५ करोड ७९ लाख बिगो दाबी गरेको छ । लगातार भ्रष्टाचार मुद्दा लागेका हुसेनलाइ स्मार्ट डिजिटल बोर्डको भुक्तानी दिन नमिल्ने राय लेखाका प्रमुखदेखि अरु बिभागीय प्रमुखले दिए प्रदीप परियारले उनीहरुको कुरा नै नसुनी हुसेनलाई एक्लौटी निर्णय गरी भुक्तानी दिएका थिए ।

अख्तियारले भ्रष्टाचार मुद्दा गरेको कम्पनीसँग डिजिटल बोर्ड खरिद गरी भुक्तानी दिएको बिषयमा पनि अख्तियारले छानबिन गरिरहेको छ । डिजिटल बोर्ड खरिदका क्रममा हुसेनसँग सेटिङ गरी प्रिपेड बुझिसकेकाले परियारले भ्रष्टाचार मुद्दामा दोषी ठहर भएको म्याक्सलाई ठेक्का दिएको आरोप छ ।

सल्लाहकारलाई कानुनबिपरीत फ्रान्स भ्रमणको भुक्तानी
त्यसैगरी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको जम्बो सल्लाहकार टोलीका सुनिल लम्साल र कुमार व्यञ्जनकारसहितलाई २०८१ जेठ १ मा फ्रान्सको कान्स फिल्म फेस्टिभल भ्रमणको भुक्तानी दिएको बिषयमा पनि अख्तियारले छानबिन गरिरहेको छ ।

बालेनको सल्लाहकार टोलीको भ्रमणको भुक्तानी पनि परियारले कानुनबिपरीत गरेको महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको छ । अख्तियारले समेत फ्रान्स भ्रमणको भुक्तानी दिएकोमा छानबिन गरिरहेको छ । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परियारले सल्लाहकारको फ्रान्स भ्रमणको भुक्तानी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्