Logo
Logo

रास्वपाको मूल उद्देश्य मुलुकको नीति परिवर्तन हो : कबिन्द्र बुर्लाकोटी


378
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कबिन्द्र बुर्लाकोटीले रास्वपा स्थापनाको मुख्य उद्देश्य देशको नीति परिवर्तनका लागि भएको बताएका छन् । पार्टी स्थापना दिवसका अवसरमा माइतीघर मण्डलामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री बुर्लाकोटीले भिजिट भिसा प्रकरणमा पछिल्लो समयमा मात्रै चार अर्बभन्दा बढी रकम भ्रष्टाचार भएकोले मुख नखोल्नेहरूको छानबिन गरौँ भनेर आफ्नो पार्टीले सदनमा आवाज उठाएको बताए । 

The current image has no alternative text. The file name is: Kabindra.gif

उनले भने, ‘यो पार्टीको मुख्य उद्देश्य यो देशको नीति परिवर्तनका खातिर एउटा राष्ट्रिय नीति सम्मेलन गरौँ भन्ने थियो । तर आज देशको राजनीतिमा जे भइरहेको छ, देशमा जुन हिसावको लुटतन्त्र भइरहेको छ । भिजिट भिसा काण्डमा पछिल्लो एउटा समयमा मात्रै चार अर्ब बढी रकम भ्रष्टाचार भएको छ । त्यसैले मुख नखोल्नेहरूको छानबिन गरौँ भनेर सदनमा हामीले जुन किसिमको आवाज बुलन्द गरेका छौँ, जुन हिसाबको अडान लिएका छौँ त्यो अडान त्यस्तो अवस्थामा बन्द कोठाभित्र निजी मन्थन नगरौँ ।’

सडकमा ऐक्यवद्धता गर्न र लुटतन्त्रविरुद्ध खबरदारी गर्दै सडकदेखि सदनसम्म आवाज उठाउनकै लागि पार्टी स्थापनाका दिन पारेर सबैलाई सडकमा आउन आह्वान गरेको उनले बताए । 

एउटा रवि लामिछानेले सिध्याउने भयका कारण झुटो मुद्दा लगाएको आरोप लगाउँदै उनले  २०८४ पछि लुटतन्त्र खारेज र सुसंस्कृत राजनीतिको संवर्द्धन गर्ने उद्घोष गरे ।

उनले भने, ‘सडकमै ऐक्यवद्धता गरौँ र अहिलेको लुटतन्त्रविरुद्ध खबरदारी गर्दै सडकदेखि सदनसम्म लैजाऊ भनेर आज सबैलाई सडकमा आउन आह्वान गरेका छौँ । एउटा रवि लामिछानेसँग तर्सिएर झूटा मुद्दा लगाई लगाई एउटा अदालत हैन पाँच पाँच वटा अदालत र त्यसपछि सरकार नै लागेर हामीलाई रवि लामिछानेले ठेगान लगाउने भए । यो देशको लुटतन्त्र र भ्रष्टाचार खारेज गर्ने भए भनेर जसरी उनीहरूलाई डर भएको छ त्यो डर मान्नुपर्दैन । ढुक्क भए हुन्छ २०८४ पछाडि लुटतन्त्र खारेज गर्छौँ र सुसंस्कृत राजनीतिलाई संवर्द्धन गर्छौँ ।’

प्रतिक्रिया दिनुहोस्