Logo
Logo

योगले इजरायल-इरान द्वन्द्व अन्त्य होस् : प्रधानमन्त्री ओली


882
Shares

काठमाडौं । शनिवार ललितपुरमा ११औँ विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले योगको महत्वलाई विश्व शान्ति र मानव कल्याणसँग जोडेर व्याख्या गरे । उनले इजरायल र इरानबीच जारी द्वन्द्व अन्त्य होस् र विश्वमा शान्ति कायम होस् भन्ने कामनासँग योगको गहिरो सम्बन्ध रहेको बताए ।

The current image has no alternative text. The file name is: oli2.gif

‘योगले इजरायल र इरानबीचको द्वन्द्व अन्त्य होस् र विश्वमा युद्धको सट्टा शान्ति स्थापना होस् भन्ने सन्देश बोकेको छ,’उनले भने, ‘यो युद्ध र विनाशसँग होइन, मानवताको संरक्षण र शान्तिको प्रयाससँग सम्बन्धित छ । युद्ध भनेको मानवता र सद्भावको क्षति हो, पशुको झगडा होइन ।’

प्रधानमन्त्री ओलीले योगलाई परलोकभन्दा यही लोक र मानव समाजसँग जोडिएको दर्शनका रूपमा प्रस्तुत गरे । उनले योगका यम र नियमको पालना नगरेमा आसन र प्राणायामले व्यक्तिगत लाभ दिए पनि सामाजिक हित नहुने बताए । ‘ध्यानले मात्र पुग्दैन, कर्मयोग र परिश्रमविना योगले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्दैन,’उनले थपे, ‘योगको सम्बन्ध मानव जातिको उत्थान र सुखी समाज निर्माणसँग छ ।’

प्रतिक्रिया दिनुहोस्