Logo
Logo

व्यवस्था परिवर्तन भएसम्म भ्रष्टाचार अन्त्य हुँदैन : राजेन्द्र लिङदेन


252
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकको व्यवस्था परिवर्तन भएसम्म भ्रष्टाचार अन्त्य नहुने बताएका छन् । 

The current image has no alternative text. The file name is: Rajendra-Linden.png

शनिवार काठमाडौंमा आयोजित विद्यार्थीसँग जनप्रतिनिधि : बिचार विमर्श कार्यक्रममा लिङदेनले अहिलेको व्यवस्थाका कारण मुलुकमा भ्रष्टाचार व्याप्त भएको भन्दै व्यवस्था परिवर्तन नभएसम्म भ्रष्टाचार अन्त्य नहुने बताएका हुन् । 

अख्तियार लगायत राज्यका महत्त्वपूर्ण निकायमा प्रमुख राजनीतिक दलको भागबन्डाबाट पदाधिकारी नियुक्ति हुने गरेकाले उनीहरूबाट भ्रष्टाचारीलाई कारबाही हुने सम्भावना कम रहेको उनले बताए ।  लिङदेनले अहिलेको संविधान र व्यवस्था ल्याउने नेताहरूमा समेत समस्या रहेको बताए ।

अहिले मुलुकमा कहाँ भ्रष्टाचार छ भन्ने नभई कहाँ भ्रष्टाचार छैन भन्ने अवस्था आएको उनको भनाइ छ ।  त्यस्तै लिङ्देनले मुलुक सङ्घीय संरचनामा गइसकेपछि जनप्रतिनिधिको सङ्ख्या धेरै भएको र उनीहरूलाई सुविधा दिन विदेशीसँग ऋण लिनुपर्ने अवस्था देखिएको जिकिर गरे । 

प्रतिक्रिया दिनुहोस्