Logo
Logo

गुल्मी कालीगण्डकी करिडोरमा रोकिएन पहिरो


441
Shares

गुल्मी । शुक्रबारदेखि अवरुद्ध कालीगण्डकी करिडोर शनिवार पनि सञ्चालनमा आउन सकेन । कालीगण्डकी गाउँपालिका–१ को हर्मीचौर–अर्बेनी खण्डमा निरन्तर सुक्खा पहिरो खसिरहेकाले सडक पूर्णरूपमा बन्द भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार, सडकमाथिबाट लगातार पहिरो झरिरहेकाले सडक खुलाउन कठिनाइ भएको छ । ‘पहिरो रोकिएको छैन, त्यसैले यात्रुहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न सुझाव दिएका छौँ,’ उनले भने । तत्काल सडक सञ्चालन हुने सम्भावना नरहेको उनले बताए । 

यसैबीच, पहिरोले अवरुद्ध रिडी–बामीटक्सार सडकखण्ड भने आंशिक रूपमा सञ्चालनमा आएको छ । चन्द्रकोट गाउँपालिका–७ को सिस्ने भीरमा सडकमाथिबाट खसेको पहिरोको केही भाग हटाइएपछि उक्त खण्डमा एकतर्फी यातायात सञ्चालन भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्