Logo
Logo

एसएसपीबाटै गोप्यता भंग


32.8k
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल झापा तालिम केन्द्रका एसएसपी राजेश उप्रेतीले सुरक्षामा गम्भीर ‘चुक’ गरेका छन् । वीपन नर्सरीका नाममा उनले गम्भीर सुरक्षा चुक गरेका हुन् । सबैतिर छताछुल्ल हुने गरी सार्वजनिक सञ्चार माध्यम प्रयोग गरेर वीपन नर्सरीको नाममा हतियार प्रर्दशन गर्नु सुरक्षा अंगमा शोभनीय मानिदैन । आइजीपी राजु अर्याललाई उपस्थित गराएर मिडियाबाजी गरेका थिए । आइजीपीलाई मिडयामा जानकारी दिएको बारेमा कही रिपोटिङ नै गरेका थिएनन ।

सुरक्षा जस्तो संबेदनशिल कुरामा मजाक गरेका छन् । विपन नर्सरी भन्दै मिडियाबाजी गरेर सुरक्षा संवेदनशीलतमा मजाक गरेका थिए । ‘विपन नर्सरी सुरक्षा संबेदनसिल कुरा हो तर उनले मजाक गरे , एसएसपीको फुलिनै उनलाइ भारी परेजस्तो छ’, मुख्यालय श्रोतले भन्यो ।

विपन नर्सरी उद्घाटमा आइजीपी राजु अर्याल आफै सहभागी भएका थिए । तर उनलाई विपन नर्सरीको बारेमा मिडियाबाजी गराउने जानकारी थिएन । सुरक्षा निकायको विपन नर्सरीको बारेमा सुरक्षा निकायलाई मात्र जानकारी हुने विषय भएपनि त्यहाँका तालिम केन्द्रका प्रमुख एसएसपी उप्रेतिले मिडियालाई समेत छताछुल्ल जानकारी गराएका थिए ।
हतियार नर्सरीको नाममा उनले मिडियालाई जानकारी दिएको विषयमा नेपाली सेना र नेपाल प्रहरीले समेत गुनासो गरेका छन् । राजेश उप्रेती समादेशक रहेको सशस्त्र प्रहरी बल, नेपाल पाथीभरा जवान तालिम शिक्षालय झापामा स्थापना गरिएको विपन नर्सरीको उद्घाटन गरेसँगै यस विषयले धेरैलाई तानेको थियो ।

विपन नर्सरी भनेको के हो ? यसले के काम गर्छ ? यसका फाइदाहरू के के छन् ? सुरक्षा निकायको हकमा यो के कति प्रभावकारी छ भन्ने विषयमा सुरक्षा निकायबीच आपसमा छलफल हुने विषय भएपनि मिडियालाई यस्तो सूचना दिन नहुनेमा अधिकांश सुरक्षा निकायका प्रमुखले सशस्त्रलाई सुझाव समेत दिएका छन् ।

विशेषतः हतियार, हतियारको प्रयोग, यसका विविध सिद्धान्तलाई स्मरण गर्न सजिलो हुनेगरी व्यावहारिक ज्ञान दिलाउने सहज माध्यम विपन नर्सरी बनाउने गरिएको छ । यस्तो नर्सरी नेपाली सेना र नेपाल प्रहरीमा पनि हुने गरेको तर आन्तरिक विषय भएकाले यसलाई बाहिर ल्याउने गरिएको छैन । एक महिना अघि सशस्त्रको विपन नर्सरीको बारेमा समाचार आएपछि यो विषय निकै संवेदशील भएको भन्दै गृहमन्त्रालयमा समेत छलफल भएको थियो ।

सुरुसुरुमा भर्ना भई तालिमका लागि छनोट भएका नयाँ प्रशिक्षार्थीलाई हतियारको परिचय, प्रयोग, सही फायरिङलगायतका विविध विषयमा ज्ञान दिने उद्देश्यले जमिनमा हतियार प्रयोगका विभिन्न सिद्धान्तलाई अवलम्बन गरी विविध किसिमका आकृति बनाई व्यावहारिक ज्ञान दिने उद्देश्यले तयार गरिएको तालिम सामग्रीहरूको समष्टिगत रूप हो, विपन नर्सरी ।

जसरी स्वस्थ बिरुवा राम्रो हुर्काउन नर्सरी तयार गरिन्छ, त्यसरी नै हतियार प्रयोगका विविध सिद्धान्तलाई व्यावहारिक ज्ञान दिन यो नर्सरीको विकास गरिएको हो । यसबाट नयाँ प्रशिक्षार्थीले किताब, नोटमा पढेका कुरा आकृतिमार्फत सहजै बुझ्न सक्छन् । साथै, राम्रोसँग स्मरण गर्न पनि सक्छन् भन्ने यसको उदेश्य रहन्छ । तर यो विषयलाई बाहिर ल्याउन दिदैन । ‘यस्तो कुरा कुनै पनि सुरक्षा अंगले बाहिर ल्याउदैनन तर सशस्त्र प्रहरीको पाथीभरा तालिम केन्द्रले बाहिर ल्यायो यो निकै संवेदनशील विषय हो’, नेपाली सेनाका एक उच्च अधिकृतले भने ।

त्यहि नर्सरी निर्माणको नाममा लाखौं बजेट हिनामिना भएको आशंका समेत गरिएको छ । कमजोर र देखावटी निर्माण गरिएको छ जुन संरचना केही महिना पनि टिक्दैन श्रोतले भन्यो । हाकिमको चाकडिमा रमाउने तर काम केही नगर्ने भनेर चिनिएका उप्रेतीले तालिम केन्द्रको राशनामा समेत बदमासी गरेका पनि स्रोतको दावी छ । तालिमेलाई कमसल राशन खुवाएर मासिक ५ लाख सम्म राशन बचतको रकम असुल्ने गरेको श्रोतको दाबी छ ।

यद्यपि यो विषय प्रमाणिकरण हुन सकेको छैन । ‘उहाँ (एसएसपी) पनि आफै गाडी लिएर इलाम–झापा गरिहनुहुन्छ’, त्यहीका एक अधिकृतले चने । सशस्त्र प्रहरी मुख्यालयले भने तालिमेलाई छाडेको विषयमा भन्दा पनि वीपन नर्सरीलाई बाहिर ल्याएको विषयलाई गम्भीर रुपमा लिएको छ । साथै सशस्त्र प्रहरी मुख्यालयले तालिमेहरुलाई घर विदा पठाएको विषयमा सूक्ष्म निगरानी गरिरहेको छ ।

उनी आफै पनि तालिमकेन्द्र भन्दा बढी घरतिर हुने गरेको तालिम केन्द्रमा रहेका एक अधिकृतले भने । तालिमकेन्द्रको बदमासी झापामात्र होइन मनाङमा पनि त्यस्तै छ । बाराको गणपती हुंदा कमान्ड कमजोर भएका कारण एसपी टोप बहादुर डाँगीलाइ मनाङ पठाइयो । तर त्यहाँ अहिले ७० प्रतिशात कर्मचारी बिदामा छ्न् ।

कुनै तालिम पनि नभएको मौका छोपेर एसपी डांगीले आउट बिदाको नाममा मनपरी गरेको स्रोतको दावी छ । उता सोलुका डिएसपी गोविन्द पोखरेल आइजीपीलाई भन्दा बढी कांग्रेसका नेताहरुलाई रिपोटिङ गर्ने र वर्षातको समयमा खेती गर्न भन्दै सिपाहीलाई घर विदामा छाडेने गरेको सम्बन्धमा उजुरी परेको छ ।

प्रतिक्रिया दिनुहोस्