काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पनि प्रतिनिधिसभा बैठक अवरोध गर्ने भएको छ । आज बसेको संसदीय दलको बैठकले सदन अवरोध जारी राख्ने निर्णय गरेको हो ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने कार्यसूची रहेको छ । प्रधानमन्त्री ओलीले सम्बोधन गरेपनि विरोध निरन्तर चल्ने सांसद हरि ढकालले जानकारी दिए ।
‘प्रधानमन्त्री बोल्नुहुन्छ हाम्रो आन्दोलन पनि सुन्नु हुन्छ’ उनले भने । रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएको आएको छ । तर सरकारले गृहमन्त्री लेखकको राजीनाको सट्टामा छानविन समिति गठन गरेको छ । तर, रास्वपाले उक्त समितिप्रति पनि असहमति जनाउँदै आएको छ ।