Logo
Logo

मेलम्चीमा बस दुर्घटना, चालकसहित ८ जना घाइते


693
Shares

काठमाडौं ।  सिन्धुपाल्चोकको तीपेनीबाट काठमाडौंतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको छ । बागमती प्रदेश –३–०१–००५ख ९९७६ नम्बरको यात्रुवाहक मेलम्ची पारी दुर्घटनामा परेको हो ।

The current image has no alternative text. The file name is: accident-3.gif

गाडीमा सवार करिब ८ जना मध्ये घाइतेहरूको मेलम्ची नगर अस्पतालमा उपचारका लागि पठाइएको छ । घाइते हुनेहरूमा पाँचपोखरी थाङपाल गाउँपालिका ६ का अनिल भण्डारी, हेलम्बु चनौटेकी सुस्मिता ज्योती, भोताङकी पेमा लामा, नोर्कि तामाङ,महेश्वर ढकाल चालक,बिनायक ढकाल र धापका रामचन्द्र पौडेल रहेका छन् ।

घाइतेको मेलम्ची नगर अस्पतालमा सामान्य उपचार पछि अन्यत्र रिफर गर्ने तयारी छ । घाइतेको अवस्था सामान्य छ । चालक महेश्वर ढकाल अवस्था भने गम्भीर छ । 

प्रतिक्रिया दिनुहोस्