Logo
Logo

भिजिट भिसाको नाममा बदमासी भएको छ : रामहरि खतिवडा


441
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सुमिरे टुर एण्ड ट्राभल्सले विगत १० वर्षदेखि जापानमा भिजिट भिसाको नाममा हजारौँ व्यक्तिबाट अर्बौँ रुपैयाँ लिएर अनियमितता गरेको आरोप लगाउँदै निष्पक्ष छानबिनको माग गरेका छन् ।

The current image has no alternative text. The file name is: ramhari-khatiwoda-samsad-baithak.jpg

प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूलाई लक्षित गर्दै उनले जापानमा भिजिट भिसाको नाममा हजारौँ व्यक्तिलाई पठाएर प्राप्त रकमबाट संसद्मा प्रतिनिधित्व गरेको दाबी गरे । उनले यस्ता गतिविधिमा निष्पक्ष छानबिन गरी कारबाही अगाडि बढाउन जोड दिए ।

सांसद खतिवडाले संसद्मा आफ्ना कुरा राख्ने र अरू सांसदहरूले बोल्न थाल्दा नारा लगाउने प्रवृत्ति कायम रहेको उल्लेख गर्दै यस्तो व्यवहारको अन्त्य गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्