Logo
Logo

कोरोना महामारीमा कुसुमको अफर : अनलाइनमा अर्डर, थोरै मार्जिनमा व्यापार !


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० साउन । नेपाली नारीको महान चाड हरितालिका (तीज) नजिकिँदै छ । तर, रौनक छैन । बजार खुलेको छ, चहलपहल छैन ।

बुटिककी सञ्चालक तथा फेसन डिजाइनर कुसुम श्रेष्ठ

गत वर्ष यही समयमा डिल्लीबजारस्थित ‘कुसुम द बुटिक’मा ग्राहकको बाक्लै भीड लागेको थियो । बुटिकलाई ग्राहकको अर्डर लिन हम्मे–हम्मे थियो । तर, यसपटक उक्त बुटिकलाई तीज नजिकिएको समेत पत्तो छैन । ‘फोहोर साल त यो समयमा भ्याईनभ्याइ थियो’ बुटिककी सञ्चालक तथा फेसन डिजाइनर कुसुम श्रेष्ठले भनिन्, ‘तर, यसपालि त खै तीज आउन लाग्यो भन्छन्, ग्राहक नै आउँदैनन् ।’ लकडाउनका कारण झण्डै चार महिना बुटिक बन्द गरेर भर्खरै काम सुरु गरेकी कुसुमले भनिन्, ‘यो कोरोना महामारीले त लास्टै ग-यो नि ।’
सञ्चालनमा आएको छोटो समयमै सहरमा चर्चित बनेको ‘कुसुम द बुटिक’मा यतिखेर खाश चहल–पहल छैन । तर, गत वर्ष यसैबेला दिनमा नभ्याएर रातभर खटेकी कुसुम भन्छिन्, ‘ तीजमात्रै होइन, यसपाली सबैको व्यापार, व्यवसायी नै कोरोनाले खायो ।’

कुसुम द बुटिकमा चर्चित गायिका अञ्जु पन्त र अभिनेत्री पुजा शर्मा ।

त्यसो त यतिखेर विश्व मानवीय संकटमा छ । विश्व नै कोरोनाभाइरस महामारीसँग जुधिरहेको छ । यस्तो संकटको घडीमा फेसन दुनियाँ मारमा पर्ने नै भयो । त्यो घानमा कुसुम बुटिक पनि परेको हो । तैपनि आफ्नो व्यापारलाई ब्यूँताउन कुसुम लागिपरेकी छन् । त्यसका लागि अनलाइन अर्डर लिन थालेको कुसुमको भनाइ छ । कोरोनाको त्रासका कारण बुटिकमै ग्राहक नआएपनि अनलाइनबाट अर्डरहरु आइरहेको उनले बताइन् । ‘देश–विदेशबाट अनलाइनमा अर्डर आइरहेको छ । अहिले तिनै अर्डरका कामहरु भइरहेको छ’ फेसन डिजाइनर कुसुमले भनिन् ।
पछिल्लो समय ‘कुसुम द बुटिक’ सेलिब्रेटीका लागि चर्चित छ । त्यसैले पनि यो संकटको अवस्थामा पनि कुसुम बुटिकले फोटोसुट, म्युजिक भिडियोलगायत सेलिब्रेटीका लागि पहिरनहरु तयार गर्दै आएको छ । फोटोसुटदेखि फिल्मसम्म कुसुमका डिजाइनहरु रोजाइ बनेको छ । कोरोनासँग लड्दै पनि कुसुम आफ्ना ग्राहकलाई सेवा दिन तत्पर छिन् । उनले कोरोना महामारीको अवस्थामा थोरैमात्र मार्जिन राखेर आफ्नो ग्राहकका लागि काम गर्दै आएको बताइन् ।


हुन त कुसुम बुटिक अरुबेला पनि महँगो होइन, सर्वसुलभ मूल्यमै स्तरिय र ग्राहकको रोजाइअनुरुप पहिरन तयार गरेरै सञ्चालनमा आएको छोटो समयमै लोकप्रिय भएको हो । यो बुटिक सञ्चालनमा आएको दु्ई वर्षमात्रै लाग्दैछ । तर, यहाँसम्म आइपुग्दा बुटिकले छुट्टै पहिचान बनाएको छ । र, सेलिब्रेटीको मन जित्न सफल भएको छ । यो अवधिमा नेपालका अधिकांश नयाँ तथा पुराना कलाकारहरुले कुसुमको पहिरनमा फोटोसुट गरिसकेका छन् ।
पछिल्लो समय कुसुमले आफ्नो एकल क्रियशन प्रस्तुत गर्ने सोच बनाइरहेका थिइन् । तर, त्यहीबेलला चीनको वुहानबाट कोरोनाभाइरस (कोभिड–१९’को संक्रमण फैलियो । जुन संक्रमण वुहान हुँदै विश्व्यापी बन्यो र, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ’ले विश्व महामारीको संज्ञा दियो । यो विश्वव्यापी बनेको कोरोना संक्रमणको महामारीबाट पछिल्लो समय नेपालसमेत आक्रान्त छ । तैपनि कुुसुम आफ्ना ग्राहकका लागि हरपल हाजिर हुँदै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस्