Logo
Logo

गृहमन्त्रीका समर्थकमाथि सामाजिक बहिष्कारको आह्वान


1.1k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिजिट भिसा प्रकरणमा दोषी र तिनका समर्थकमाथि सामाजिक बहिष्कार गर्न आमनागरिकलाई आग्रह गरेका छन् । राप्रपाले संसद्मा यस्ता व्यक्तिहरूलाई बहिष्कार गरिरहेको उल्लेख गर्दै शाहीले चिया पसलदेखि विवाह समारोहसम्म सामाजिक बहिष्कार गर्नुपर्ने बताए ।

The current image has no alternative text. The file name is: ganandra.gif

शनिबारको प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा संसद् परिसरमा पत्रकारहरूसँग कुरा गर्दै शाहीले भिजिट भिसा प्रकरणका दोषीहरूलाई सामाजिक रूपमा एक्ल्याउन आवश्यक रहेकोमा जोड दिए । राप्रपाका प्रवक्तासमेत रहेका उनले यो प्रकरणले नेपालको अन्तर्राष्ट्रिय छविमा नकारात्मक असर परेको र दोषीहरूलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने बताए ।

‘हामीले संसद्भित्र बहिष्कार गरिरहेका छौँ । अब आमजनताले चिया पसलदेखि विवाह समारोहसम्म दोषी र तिनका समर्थकलाई बहिष्कार गर्नुपर्छ,’ शाहीले भने, ‘यसले दोषीहरूलाई सामाजिक रूपमा एक्लो बनाउनेछ र भविष्यमा यस्ता कार्य दोहोरिनेछैनन् ।’

शाहीले भिजिट भिसाको दुरुपयोगले नेपाली युवाहरू विदेशमा अलपत्र पर्ने र दुख पाउने अवस्था आएको भन्दै सरकारले यो विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए। उनले दोषीमाथि कारबाही नहुँदासम्म राप्रपाले संसद् र सडक दुवै ठाउँबाट आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्