Logo
Logo

रास्वपाको हस्ताक्षर अभियानमा बाबुराम भट्टराईको समर्थन 


882
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ‘राजनीतिक प्रतिशोधविरुद्धको जनताको हस्ताक्षर अभियान’मा समर्थन जनाएका छन् । शनिवार काठमाडौंको बनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालय पुगेर उनले अभियानमा हस्ताक्षर गरेका हुन् ।

The current image has no alternative text. The file name is: baburam.gif

रास्वपाका नेता दीपक बोहराका अनुसार डा. भट्टराईले पार्टी सभापति रवि लामिछानेमाथि सरकारले अन्याय र प्रतिशोध साँधेको भन्दै अभियानमा ऐक्यबद्धता जनाएका छन् । ‘पूर्वप्रधानमन्त्री डा.भट्टराईले हाम्रो अभियानमा समर्थन गर्दै हस्ताक्षर गर्नुभएको छ,’ बोहराले भने ।

रास्वपाले असार ७ गतेदेखि सभापति लामिछानेमाथि सरकारको प्रतिशोधपूर्ण व्यवहार भएको दाबी गर्दै देशभित्र र बाहिर हस्ताक्षर सङ्कलन अभियान सञ्चालन गरिरहेको छ । यो अभियानले राजनीतिक स्थायित्व र निष्पक्षताको पक्षमा जनमत सङ्कलन गर्ने उद्देश्य राखेको छ । डा. भट्टराईको समर्थनले अभियानलाई थप बल पुगेको रास्वपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्