Logo
Logo

 एमालेमा कुनै बम पड्किने वाला छैन : ओली 


441
Shares

काठमाडौं । मदन भण्डारीको ७४औँ जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले फुटाउने प्रयास गर्नेहरूलाई भ्रममा नपर्न चेतावनी दिएका छन् । 

The current image has no alternative text. The file name is: kp.gif

उनले कार्यक्रमलाई बिथोल्न असार १४ मा राष्ट्रिय वृक्षारोपण कार्यक्रम राखिएको भन्दै केही अनलाइन मिडियाले फैलाएको भ्रमप्रति आपत्ति जनाए । ‘आज मदन भण्डारीको ७४औँ जन्मजयन्ती र राष्ट्रिय वृक्षारोपणको दिन हो । तर, कुनै अनलाइनले यो कार्यक्रम भाँड्न वृक्षारोपण राखिएको भन्ने भ्रम फैलायो,’ ओलीले भने ।

उनले असार १४ को दिनलाई लिएर एमालेमा ठुलो घटना हुने भन्दै केहीले अनावश्यक आशा राखेको टिप्पणी गरे । ‘यहाँ म वा विद्या भण्डारीले कुनै ‘बम’ पड्काउँछ भन्ने सपना देख्नेहरू छन् । तर, कुनै बम, बारुद वा गोला पड्कने छैन । नेकपा एमाले एक छ, एकजुट छ र सधैँ एकजुट रहनेछ,’ उनले थपे ।

प्रधानमन्त्री ओलीले आफू र विद्या भण्डारी सहभागी कार्यक्रम कुनै पनि हालतमा नभाँडिने दाबी गरे । ‘नेकपा एमाले र यसका निकट सङ्गठनहरू जहाँ छन्, त्यहाँ कसरी भाँडिन्छरु म र विद्या भण्डारीजी आउने कार्यक्रम कसरी बिथोलिन्छ ?’ उनले प्रश्न गरे । 

नेकपा एमालेको एकता र सङ्गठनप्रति आफू दृढ रहेको भन्दै उनले पार्टीविरुद्धका भ्रमपूर्ण प्रचारलाई खण्डन गरे।

प्रतिक्रिया दिनुहोस्