Logo
Logo

माओवादी केन्द्रलाई यथास्थितिबाट आदर्शतिर फर्काएको छु : प्रचण्ड


567
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई दुर्घटनाबाट जोगाउन यथास्थितिबाट आदर्श, समर्पण र समाजवादको यात्रातिर फर्काएको बताएका छन् । मध्यपुरथिमि नगर कमिटीले आयोजना गरेको स्वर्गीय कृष्णलाल गोजा श्रेष्ठको श्रद्धाञ्जली सभामा बोल्दै उनले पार्टीले समाजवादी क्रान्तिको नेतृत्व गर्ने सङ्कल्प गरेको बताए ।

The current image has no alternative text. The file name is: prachand-3.gif

अध्यक्ष दाहालले पार्टीभित्र अवसर र स्वार्थको तँछाडमछाडले राजनीतिक मुद्दा, वर्ग र समुदायसँगको सम्बन्ध कमजोर भएको स्वीकार गरे । ‘पार्टीमा ठुलो दुर्घटना हुनसक्छ भन्ने ठानेर हामीले यथास्थितिबाट आदर्श, वर्ग सङ्घर्ष र समुदायसँगको सम्बन्धलाई घनिष्ठ बनाउने सङ्कल्प गरेका छौँ,’उनले भने । उनले कम्युनिस्ट आन्दोलन र समाजवादी सपनालाई साकार पार्न पार्टीले आफ्नो सिद्धान्तमा आधारित भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले सहिद, बेपत्ता, घाइते र जेलनेल भोगेकाहरूसँगको सम्बन्धलाई बलियो बनाउँदै उनीहरूको पीडा सुन्ने र राहत प्रदान गर्ने दिशामा काम गर्ने बताए । पार्टीले सुरु गरेको रूपान्तरण अभियानलाई कार्यकर्ताले गहिराइमा बुझ्नुपर्नेमा जोड दिँदै उनले समाजवादी क्रान्तिको तयारीमा जुटेको बताए ।

कार्यक्रममा दाहालले स्व। कृष्णलाल गोजा श्रेष्ठको निधनले निष्ठावान् अभिभावक गुमाएको महसुस भएको उल्लेख गरे । उनले गोजाको योगदानको स्मरण गर्दै पार्टीले उनको आदर्शलाई आत्मसात् गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्