काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शनिवार साँझ स्पेन प्रस्थान गरेका छन् । उनले संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, पर्यटनमन्त्री बद्री पाण्डेलगायतले प्रधानमन्त्री ओलीलाई बिदाइ गरे । नेपाली सेनाको टुकडीले उनलाई सम्मान गारद सलामी अर्पण गरेको थियो ।
स्पेन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्नुका साथै स्पेनका राजा फिलिप द्वितीयसँग शिष्टाचार भेट र स्पेनका प्रधानमन्त्री सान्चेजसँग द्विपक्षीय वार्ता गर्नेछन् । साथै, विश्वका अन्य नेताहरूसँग साइडलाइन भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली असार २० गते स्वदेश फर्कने तालिका छ ।