
काठमाडौं । पाकिस्तानको खैबर पख्तुन्ख्वा प्रान्तमा एक आत्मघाती आक्रमणमा परि १३ पाकिस्तानी सैनिकको मृत्यु भएको छ ।
उग्रवादीले मीर अलीमा सुरक्षा बलको समूहमाथि विस्फोटक पदार्थले भरिएको गाडीमार्फत आत्मघाती आक्रमण गरेको हो ।
उक्त सवारीसाधन सुरक्षा बलको गाडीसँग ठोक्किएपछि १३ सैनिकको मृत्यु भएको पाकिस्तानी सेनाको इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर)लाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ । उक्त घटनापछि सैनिकसँगको भिडन्तमा १४ उग्रवादी मारिएका जनाइएको छ ।