
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले प्रस्तावित न्यायाधीश मेघराज पोखरेललाई न्यायाधीश भएपछि निष्पक्ष न्याय गर्छु भन्ने आधार के छ ? भन्दै प्रश्न गरेका छन् ।
संसदीय सुनुवाइ समितिको बैठकमा पोखरेललाई निष्पक्ष न्याय दिने आधार के हुन् ? भन्दै उनले प्रश्न गरेका हुन् । केही समय अघिसम्म नेपाल बारको अध्यक्ष भइसकेको व्यक्तिले निष्पक्ष न्याय दिने कुरामा प्रश्न उठ्ने शर्माले बताए ।
मैले बुझेको बार भनेको राजनीतिक धारासँग जोडिएर प्रतिष्पर्धा हुने गरेको संस्था हो । स्वतन्त्र बार देखिरहेको छैन । हुनुपर्ने त स्वतन्त्र थियो । त्यसभित्र राजनीतिक पक्षधरताको कुरा छ,’ उनले प्रश्न गर्दै भने, ‘राजनीतिक पक्षधरताबाट टर्मिनेट भएको कुरा भन्नुभएको छ तर साँच्चि नै निष्पक्ष हुन्छ त ? यो प्रश्न उठ्न सक्छ । कतिपय मुद्दाहरु सुनुवाई नै नगरिदिने भयो । सुनुवाई गर्दा न्याय गर्नेले न्याय पाउँछ, ढिलो गर्दा न्याय हुन्छ त ? यो कर्तव्य हो त ? यि व्यवहार छन् ।’
त्यस्तै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदीय सुनुवाइको बाँकी प्रक्रियाबाटै आफैं घोषणा गरेर बाहिरिन सुझाव दिए ।