Logo
Logo

एकीकृत समाजवादीमा झाँक्रीको प्रस्ताव- नेतृत्व परिवर्तन गरौँ


1.2k
Shares

बुटवल । नेकपा एकीकृत समाजवादीकी नेता रामकुमारी झाँक्रीले पार्टीको नेतृत्व फेर्नुपर्ने बताएकी छन् । पार्टीको भ्रातृ संगठन युवा संघ नेपालको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेकी हुन् ।

फाइल फोटो

उनले भनिन्, ‘पार्टीमा संकट छ । अध्यक्षकै बारेमा संकट आयो । अब के गर्ने ? अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो । संकट आयो भनेर भाग्ने भनेको होइन । पार्टीलाई पुनर्गठन गरौँ ।’ उनले अर्ली महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्न सकिने बताइन् ।

‘कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो । अरु कैयौं पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ’ नेता झाँक्रीले भनिन्, ‘अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन ।’ नयाँ ढंगको प्रस्थानबिन्दु अर्ली महाधिवेशन नै रहेको उनको भनाइ छ ।

उनले भनिन्, ‘म त भन्छु, अर्ली महाधिवेशन गरौं । पुनर्गठन गरेर अध्यक्ष बनाऔं ।’ अध्यक्ष नेपालमाथि पतञ्जली जग्गाको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन अगाडि बढाएपछि अध्यक्ष नेपालको सांसद पद निलम्बनमा छ ।

प्रतिक्रिया दिनुहोस्