
काठमाडौं । आज पनि प्रतिनिधिसभा बैठकमा रास्वपा र राप्रपाले बिरोध गरेका छन् । सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउने वित्तिकै दुई पार्टीका सांसदहरू उठेर विरोध गरिरहेका हुन् ।
रास्वपा र राप्रपाले गत जेठ १३ गतेदेखि भिजिट भिसा प्रकरणलाई लिएर संसद अवरोध गर्दै आइरहेको छ । उक्त प्रकरणमा गृहमन्त्री रमेश लेककको नाम जोडिएपछि विपक्षी रास्वपा र राप्रपाले उनको राजीनामा र उच्चस्तरीय छानविन समिति गठनको माग गर्दै सदलन अवरुद्ध गर्दै आएको छ ।