काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आज पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । रास्वपाका सांसदहरू वेलमा पुगेर नाराबाजी र अवरोध जारी राखेका छन् ।

यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बैठक बहिष्कार गरेको छ । राप्रपाका सांसदहरू असन्तुष्टि जनाउँदै बैठक छाडेर बाहिरिएका छन् । सरकारले भिजिट भिसा प्रकरणको छानबिनका लागि पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरेको छ ।
तर, रास्वपा र राप्रपाले उक्त समितिलाई अस्वीकार गर्दै संसद् अवरोध र बहिष्कार जारी राखेका छन् ।














