Logo
Logo

प्रभु साहले च्याते निजामती विधेयक


504
Shares

काठमाडौं । आमजनता पार्टीका अध्यक्ष प्रभु साहले निजामती सेवा विधेयक च्यातेका छन् ।

आइतबार संसद् बैठकमा विधेयकमाथिको छलफलमा भाग लिएका सांसद साहले विधेयकलाई ‘गरिबमारा’ भन्दै च्यातिदिएका हुन् । उनले भने, ‘यो गरिबमारा विधेयक पारित भयो भने देशमा आगो बल्छ ।’

सांसद साहले विधेयकमा गरिबलाई निषेध गरिएको दाबी गरे । विधेयकबाट संविधानको नै उल्लंघन गरिएको उनको भनाइ छ । उनले तल्लो तहका कर्मचारीको वृत्ति विकासमा रोक लगाइएको बताए ।

उनले भने, ‘गरिबको भाग्य भविष्यलाई कत्लेआम आएको यो निजामती विधेयक हामीलाई स्वीकार्य छैन । यदि यो पारित भयो भने गरिबका लागि कालो दिन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्