Logo
Logo

स्थायी कर्मचारीको सङ्ख्या आधा कटौती गरौँ : जनार्दन शर्मा


2.8k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले स्थायी कर्मचारीको सङ्ख्या आधा कटौती गरी करारमा कर्मचारी नियुक्त गर्न प्रस्ताव राखेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सङ्घीय निजामती सेवा विधेयकमाथिको छलफलमा शर्माले यस्तो धारणा व्यक्त गरेका हुन् ।

The current image has no alternative text. The file name is: janardhan-sharma.jpg

उनले भने, ‘हामीले साधारण खर्च धान्न नसक्ने अवस्थामा छौँ । त्यसैले कर्मचारीको सङ्ख्या आधा कटौती गर्नुपर्छ भन्ने मेरो मान्यता हो । कर्मचारीलाई करार सेवामा राखेर परिणाममुखी काम गर्नुपर्छ । भद्दा र परिणामविहीन संरचनाको कुनै अर्थ छैन ।’

उनले देशमा कार्यकारी अधिकार प्रधानमन्त्रीमा निहित भए पनि व्यवहारमा कर्मचारीले टेबल–टेबलमा शासन गर्ने गरेको भन्दै यस्तो प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिए । ‘प्रधानमन्त्रीले शासन गर्नुपर्नेमा कर्मचारीको टेबल–टेबलको शासन हुने गरेको छ । यो प्रवृत्तिलाई अन्त्य गरी कार्यकारी प्रमुखले प्रभावकारी शासन गर्ने व्यवस्था सुनिश्चित गर्नुपर्छ,’ उनले भने । 

प्रतिक्रिया दिनुहोस्