Logo
Logo

पूर्वराष्ट्रपतिलाई राजनीतिमा फर्कन संविधानले रोक्दैन : हितराज पाण्डे


378
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा फर्कन संविधानले कुनै बाधा नगरेको बताएका छन् । संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले व्यक्तिगत इच्छालाई रोक्न नसकिने र संविधानले पनि राजनीतिमा संलग्न हुन कुनै प्रतिबन्ध नलगाएको स्पष्ट पारे ।

The current image has no alternative text. The file name is: hitraj.gif

उनले भने, ‘देशको सर्वोच्च पदमा पुगिसकेको व्यक्तिको आफ्नै इच्छा र निर्णय हुन्छ । संविधानले राजनीति गर्न रोक लगाएको छैन । यो उहाँको व्यक्तिगत निर्णय हो ।’

पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा सक्रिय हुने घोषणा गरेको सन्दर्भमा सोधिएको प्रश्नमा उनले वाम एकता तत्काल हुने सम्भावना नरहेको बताए । उनले भने, ‘कम्युनिष्टहरूबीच एकता हुनुपर्छ भन्ने सैद्धान्तिक मान्यता त छ, तर पूर्वराष्ट्रपतिले हालै व्यक्त गर्नुभएको कुराले तत्काल वाम एकता हुन्छ भन्ने मलाई लाग्दैन ।’

प्रतिक्रिया दिनुहोस्