Logo
Logo

काठमाडौं अदालतबाट भागेका थुनुवा गंगबुबाट पक्राउ


1.3k
Shares

काठमाडौं । काठमाडौं जिल्ला अदालतको शौचालयबाट भागेका चोरी मुद्दाका आरोपितलाई प्रहरीले गंगबुबाट पक्राउ गरेको छ। काठमाडौं प्रहरीका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार फरार भएका २१ वर्षीय दशरथ शाही (निराजन ठकुरी)लाई आइतबार बालाजु बसपार्क क्षेत्रबाट हतकडीसहित पक्राउ गरिएको हो ।

The current image has no alternative text. The file name is: Arr-1751193893.jpg

रुकुम पश्चिम, बाँफिकोट गाउँपालिका-१ का बासिन्दा हाल गंगबु बस्ने शाहीलाई २०८२ जेठ २० मा चोरीको आरोपमा पक्राउ गरिएको थियो । उनलाई प्रहरी वृत्त लैनचौरको हिरासतमा राखी अनुसन्धान भइरहेको छ ।

आइतबार म्याद थपका लागि थुनछेक बहसमा अदालत लगिएको थियो। प्रहरी हवल्दार चक्रबहादुर रोकायाको नेतृत्वमा दुई प्रहरीको जिम्मामा रहेका शाही चौथो इजलासमा बहस चलिरहँदा प्रहरी जवान छविराज रेग्मीसँग शौचालय गएका थिए । सोही क्रममा उनी हतकडीसहित फरार भएका थिए ।  प्रहरीले तत्काल खोजी अभियान चलाएर उनलाई गंगबुबाट पक्राउ गरेको हो । 

प्रतिक्रिया दिनुहोस्