काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजबाट बस्दैछ । विधानअनुसार दुई–दुई महिनामा बस्नुपर्ने केन्द्रीय समितिको बैठक ९ महिनापछि बस्न लागेको हो ।

आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा भातृ संस्थाको म्याद थप, सरकारको समीक्षा, क्रियाशील सदस्यता वितरण, समसामयिक राजनीति लगायत विषयमा छलफल गर्ने एजेण्डा छ ।
बैठकमा १०० दिने अभियानमा खटिएका प्रतिनिधिको रिपोर्ट पेस हुनेछ । साथै, पार्टीबाट प्रदेशमा सरकारमा गएका मन्त्रीहरुले आ–आफ्नो मन्त्रालयले गरेका कामको जानकारी दिने बताइएको छ ।














