काठमाडौं । सर्वोच्च अदालतलमा प्रस्तावित तीन न्यायाधीश र न्यायपरिषदको प्रस्तावित सदस्यको संसदीय सुनुवाइ सकिएको छ । वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई न्यायपरिषदले जेठ २७ गते सर्वोच्चको न्यायाधीश सिफारिस गरेको थियो ।

त्यस्तै, महेशकुमार नेपाल न्यायपरिषदको सदस्य सिफारिस भएका थिए । आइतबारदेखि उनीहरूको संसदीय सुनुवाइ सुरू भएको हो । सोमबार उनीहरूको संसदीय सुनुवाइ सकिएको समितिका सदस्य समितिका सदस्य राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डोलप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार सुनुवाइ सकिएपनि समितिले अनुमोदन भने गरेको छैन ।
सुनुवाइ भइरहेका व्यक्तिहरूमाथि उजुरीका सन्दर्भमा थप बुझ्नुपर्ने भएकाले तत्काल अनुमोदन नभएको उनको भनाइ छ । संसदीय सुनुवाइ समितिले सामान्यतया सनुवाइ सकिएलगत्तै अनुमोदन गर्छ । ‘हामीसँग ४५ दिनको समय छ, उनले भने, ‘तोकिएकै समयभित्र निर्णय हुन्छ ।’