
काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन ने.वि.संघको अधिवेशन पक्षधरले पार्टी कार्यालयमा प्रदर्शन गरेका छन् ।
उनीहरुले समयमै पार्टीको अधिवेशन हुनुपर्ने माग राखेर कालो कपडाले शरीर र मुख छोपेर केन्द्रीय कार्यालय सानेपामा विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागी विद्यार्थी नेताहरुले ‘म म्यादी नेविसंघ, मेरो अधिवेशन कहिले?’, ‘म मेरो पार्टीले वन्धक बनएको नेविसंघ’, ‘म ९ वर्षसम्म अधिवेशन नगराउने लोकतान्त्रिक पार्टीको नेविसंघ’ जस्ता प्लेकार्ड बोकेका थिए ।
मातृ पार्टीले दिएको जिम्मेवारी पूरा गर्न नसक्ने वर्तमान नेविसंघ नेतृत्वलाई पदमुक्त गरी विधान बमोजिम नयाँ कार्यसमिति गठन गर्न उनीहरुको माग छ ।