Logo
Logo

विद्यालय शिक्षा विधेयक आजै पास गरौँ : डिगबहादुर लिम्बू


1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद डिगबहादुर लिम्बुले विद्यालय शिक्षा विधेयकलाई सबैलाई सन्तुष्ट बनाएर अघि बढाउन नसकिने भन्दै तत्काल पारित गर्नुपर्ने बताएका छन् ।

The current image has no alternative text. The file name is: samiti-4.gif

सोमबार बसेको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा बोल्दै सांसद लिम्बुले देशभरका शिक्षकलाई खुसी बनाएर विधेयक पारित गर्न नसकिने बताए । उनले भने, ‘देशैभरका सबैलाई सन्तुष्ट बनाएर अघि बढ्न सकिँदैन । शिक्षामन्त्री र प्रमुख सचेतक श्याम घिमिरेले समय माग्नुभएको छ । शिक्षकसँगको ९ बुँदे सहमति अहिले २७ बुँदे भएको छ । ७५/२५ को प्रस्ताव पनि आएको छ ।’

लिम्बुका अनुसार विधेयकबारे छलफल गर्न गठित उपसमितिमा ६०/४० को अवस्था रहेको छ । उनले भने, ‘यो विधेयक कहिल्यै नआउने हो कि जस्तो भएको छ । हामी कसैको दास होइनौँ । बिहान ८ बजेदेखि पर्खेर बसेका छौँ । अब यो विषयमा गम्भीर भएर सोच्नुपर्छ र दलीय स्वार्थभन्दा माथि उठ्नुपर्छ ।’

उनले शिक्षामन्त्रीको लचिलो व्यवहारको पछाडि केही कारण रहेको उल्लेख गर्दै बैठक कहिलेसम्म स्थगित गर्ने भनी प्रश्न गरे। ‘बैठक रोक्ने हो भने कहिलेसम्म रु हामीले कार्यक्षेत्रमा जानुपर्छ,’ उनले भने ।

लिम्बुले विधेयक अब छलफलमा नआउने भन्दै आजै टुङ्ग्याउनुपर्ने अडान राखे । उनले भने, ‘यो विधेयक अब छलफलमा आउँदैन, त्यसैले आजै टुङ्ग्याउनुपर्छ ।’

उनले आफू ६०/४० को पक्षमा अडिग रहेको बताउँदै विधेयक फिर्ता गर्न वा अध्यादेश ल्याउन माग गरे । ‘म ६०/४० मा अडिग छु। कि त विधेयक फिर्ता गर्नुस्, कि अध्यादेश ल्याउनुस्,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्