
काठमाडौं । जुम्लाको पाटनमा पहिरो जाँदा चरिरहेका १२ सय भन्दा धेरै भेडा पुरिएका छन् । सोमबार दिउँसो तातोपानी गाउँपालिका–८ राक्सेस्थित पाटनमा चरिरहेका भेडाको बथानलाई पहिरोले पुरेको हो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाले ८ जना कृषकका भेडा, बाख्रा र घोडा चरिरहेको ठाउँमा ठूलो पहिरो खसेको र पुरिएकामध्ये २२ वटा भेडा मरेको अवस्थामा भेटिएको जानकारी आएको बताएको छ ।
उक्त घटनाबारे जानकारी आएको भएपनि क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।