काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा नेताहरू डा.शेखर कोइराला र अर्बपति व्यवसायी तथा सांसद विनोद चौधरीबीच तीव्र आरोप-प्रत्यारोप चलेको छ । सोमबारको बैठकमा कोइरालाले चौधरीको केन्द्रीय सदस्य नियुक्तिको वैधानिकतामाथि प्रश्न उठाएका थिए भने मङ्गलवार चौधरीले कोइरालालाई कडा जवाफ फर्काएका छन् ।

बैठकमा डा. कोइरालाले विनोद चौधरीलाई चार वर्षअघि केन्द्रीय सदस्य बनाइएको निर्णयमाथि प्रश्न उठाएका थिए । उनले भने,’विनोद चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यता थियो कि थिएनरु क्रियाशील सदस्यताको १० वर्षे अवधि पुगेको थियो कि थिएनरु यो हेरियो कि भएन ?’ कोइरालाले पार्टीको नीति र नियम मिचेर चौधरीलाई केन्द्रीय समितिमा ल्याइएको दाबी गरे ।
जवाफमा चौधरीले आफ्नो नियुक्ति पूर्णरूपमा विधिसम्मत भएको दाबी गरे । उनले भने, ‘मेरो नियुक्ति पार्टीको नियम, अर्को पार्टीबाट आएको मेरो पृष्ठभूमि, कानुनी परिपेक्ष र पार्टीको कानुन विभागको विश्लेषणअनुसार भएको हो । यो निर्णयलाई अदालतले समेत सदर गरेको छ ।’ उनले कोइरालालाई जानकारीको कमी भएको सङ्केत गर्दै आफ्नो नियुक्तिमाथि प्रश्न उठाउनु गलत भएको बताए ।
चौधरीले कोइरालामाथि गम्भीर आरोप लगाउँदै भने, ‘प्रतिनिधिसभा निर्वाचनमा मलाई हराउन डा. शेखरले हृदय त्रिपाठीको पक्षमा मान्छे खटाएर बुथ-बुथमा प्रचार गराए । पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध गालीगलौज गर्न लगाउने र लुम्बिनी प्रदेशको महामन्त्रीको जिम्मेवारीमा रहेर यस्तो काम गर्ने नेताले भोलि यो पार्टीलाई कसरी हाँक्छन्र’।
सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै चौधरीले कोइरालाले गुटबाजीको सीमा नाघेको भन्दै कारबाहीको माग गरे । उनले भने, ‘गुटबाजीको पनि एउटा सीमा हुन्छ। पार्टी र आधिकारिक उम्मेदवारलाई हानि पु¥याउने, जिम्मेवारी पूरा नगर्ने नेताहरूमाथि तत्काल कारबाहीको वातावरण बनाउनुपर्छ ।’
‘जेल नगएकोले राजनीति गर्न नपाउने हो ?’ चौधरीले आफूलाई उद्यमी र अर्थतन्त्र बुझेको व्यक्तिको रूपमा प्रस्तुत गर्दै प्रश्न गरे, ‘के जेल र नेल नगएकोले राजनीति गर्न नपाउने हो ?’ कन्फलिक्ट अफ इन्ट्रेस्ट भनेको के हो ?’ यदि उद्यमी र अर्थतन्त्र बुझेका व्यक्तिलाई राजनीतिमा आउन रोक लगाउने हो भने केन्द्रीय समितिले ढोका बन्द गर्ने निर्णय गरोस् ।’