Logo
Logo

लुम्बिनी सरकारबाट बाहिरियो लोसपा


2k
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश सभाको छैटौँ अधिवेशनको चौधौँ बैठकमा लोसपा संसदीय दलका नेता सन्तोष पाण्डेले सभामुख तुलाराम घर्तीलाई समर्थन फिर्ता लिएको जनाकारी गराएका हुन् । 

The current image has no alternative text. The file name is: lumbini.jpg

लोसपासँग प्रदेश सभामा तीन सांसद छन् । यसअघि जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि सरकारबाट समर्थन फिर्ता लिएको थियो, जसको एक मात्र सांसद छन् । मङ्गलवारको बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथि सैद्धान्तिक छलफलको कार्यसूची थियो । आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गरे पनि सत्तारुढ दलभित्रै असन्तुष्टि देखिएको छ । 

प्रमुख विपक्षी नेकपा माओवादी केन्द्रसहित अन्य विपक्षी दलहरूले बजेट असन्तुलित र समावेशी नभएको भन्दै पुनर्लेखनको माग राखेका छन् । बैठकमा विपक्षी दलहरूको अवरोधपछि दुई पटक ३०–३० मिनेट स्थगित गरियो । सहमतिको प्रयास असफल भएपछि लोसपाले समर्थन फिर्ता लिएको घोषणा गरेको हो । त्यसपछि उनीहरूलाई प्रतिपक्ष बनाएर बैठक सञ्चालन भयो । माओवादी केन्द्रका नेता जोखबहादुर महराले सरकारको यो कदमप्रति आपत्ति जनाउँदै बैठकको नाटकीय सञ्चालन भएको आरोप लगाए । 

माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय जनमार्चा र नेकपा एकीकृत समाजवादीले प्रदेशसभाको साँझको बैठकमा भाग नलिने घोषणा गरेका छन् । सत्तारुढ नेपाली कांग्रेसले पनि बजेट संशोधन नगरे पारित नहुने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्