Logo
Logo

पहिरोले घर पुरिँदा एकै परिवारका चार जना घाइते


378
Shares

ताप्लेजुङ । सिदिङ्वा गाउँपालिका–३ मा पहिरोले घर पुरिँदा चार जना घाइते भएका छन् । गएराति स्थानीय हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा उनीसहित श्रीमती ठगमाया, छोरा जगत् र छोरी सम्झना घाइते भएका हुन् ।

घरमाथिको कुलो थुनिएर पहिरो खस्दा घर पुरिएको स्थानीय मौसम सेलिङले जानकारी दिए । कटुवाल परिवारलाई छिमेकीले उद्धार गरेका थिए । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । उनीहरूलाई उपचारका लागि पाँचथर लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्