Logo
Logo

संवैधानिक इजलासले आज ५२ पदाधिकारी नियुक्तिविरुद्धको मुद्दा मात्रै हेर्ने


2k
Shares

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले आज संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्तिविरुद्धको मुद्दा मात्र हेर्ने भएको छ ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी संलग्न संवैधानिक इजलासमा आज त्यही एउटा मुद्दाको निर्णय सुनाउन पेसी तोकिएको हो ।

यसअघि जेठ २८ मा निसु हुँदा उक्त मुद्दासहित अर्को निशु भएको मुद्दा र अन्य २३ मुद्दा पेसीमा थिए । तर, यही मुद्दाले इजलास बस्न नसक्दा सबै मुद्दा हेर्न नमिल्नेमा परेका थिए भने निशु भएका मुद्दाको निशु सरेको थियो ।

आज भने अन्य मुद्दा प्रभावित नहुन् भनेर संवैधानिक निकायमा संसदीय सुनुवाइबिना नियुक्त भएका ५२ पदाधिकारीविरुद्धको मुद्दा मात्र संवैधानिक इजलासमा राखिएको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक परिषद् (काम कर्तव्य अधिकार र कार्यविधि)सम्बन्धी अध्यादेश जारी गरी संवैधानिक निकाायमा ५२ पदाधिकारी नियुक्त गरेका थिए ।

त्यसपछि संविधानसँग बाझिने गरी जारी भएको अध्यादेश र उक्त अध्यादेशमार्फत गरिएका काम कारबाहीसमेत बदर माग गर्दै अधिवक्ता ओमप्रकार अर्यालले ०७७ पुस १ गते नै रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्