Logo
Logo

पदम गिरीले मागे राज्य व्यवस्था समिति सभापति र सचिवको राजीनामा


1.2k
Shares

काठमाडौं । निजामती विधेयकमा ‘कुलिङ पिरियड’ मा किर्ते भएको भन्दै चौतर्फी आलोचना र छानबिनको माग उठिरहेको छ । सोही सन्दर्भमा आज राज्य व्यवस्था समितिको आकस्मिक बैठक बसेको छ ।

बैठकमा नेकपा एमालेका नेता एवं पूर्वकानूनमन्त्री पदम गिरीले समितिले पास गरेभन्दा फरक ढंगले प्रतिवेदन पठाइएको भन्दै समिति सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुराको राजीनामा मागेका छन् ।

उनले भने, ‘समितिले महिनौँ छलफल गरेर कुलिङ पिरियड २ वर्षसम्म कायम रहने एक मतले पारित गरेको विषयमा सबैबीचमा स्पष्ट छ, तर सभापति ज्यू र सचिवले हस्क्षातर भएको प्रतिवेदन फरक ढंगले प्रस्तुत गरियो । नेपालको इतिहासमा यो जल्लास्पद र घिनलाग्दो अवस्था हो, यो हदसम्मको जनप्रतिनिधिले काम गर्छन् भन्ने कल्पना गर्न नसकिने अवस्था हो ।’

उनले सभापति र सचिवको हस्ताक्षर भएकाले जस्ताको त्यस्तै पठाउने दायित्व समितिको भएपनि सभापतिबाट गैरजिम्मेवारपूर्ण जवाफ आएको भन्दै आलोचना गरे ।

गिरीले भने, ‘नैतिकताको हिसाबले मार्गप्रशस्त गरिदिनुपर्छ । सचिवले पनि यो पदमा बसिरहन मिल्दैन । नेपालको संसदीय इतिहासमा कालो धब्बा हो । कसैले जिम्मेवारी नलिने हो भने सधैँभरी यस्तो अवस्था आइरहन्छ । राजीनामा दिएर मार्गप्रश गर्न अनुरोध छ ।’

प्रतिक्रिया दिनुहोस्